उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिँदै, सावधानी अपनाउन डब्लूएचओको आग्रह « Khabarhub

उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिँदै, सावधानी अपनाउन डब्लूएचओको आग्रह


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिएको छ । उत्तरी चीनमा फैलिएको अज्ञात निमोनियाबाट बढिजसो केटाकेटी संक्रमित छन् । उत्तरी सहर लियोओनिङ र ८ सय किलोमिटर टाढा रहेको राजधानी बेइजिङमा समेत यस संक्रमण देखिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पत्रकार सम्मेलन गर्दै गत नोभेम्बर १३ मा नयाँ संक्रमणबारे जानकारी गराएको थियो । नयाँ संक्रमणबाट कति जना प्रभावित भएका छन् भन्ने यकिन विवरण प्राप्त नभएपनि बेइजिङ र आसपासका अस्पतालहरुमा बिरामीको चाप बढेको पाइएको छ ।

यस संक्रमणबाट केटाकेटीहरु धेरै प्रभावित हुने भएकाले विद्यालयमा विद्यार्थीको उपस्थिती पनि घट्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चिनियाँ स्वास्थ्य आयोगले भने कोरोना भाइरसको महामारीका क्रममा लागू गरिएको कडाई खुकुलो बनाइएका कारण पछिल्लो संक्रमण बढेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने चीनमा फैलिएको निमोनिया कुनै नौलो वा असामान्य किसिमको नभएको भन्दै चीनसँग यसबारे थप तथ्याङ्क माग गरेको जनाएको छ । यद्यपि यस संक्रमणबाट जोगिन र सावधानी अपनाउन डब्लूएचओले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : ५६ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने