पितृको स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण « Khabarhub

पितृको स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको गौरादह नगरपालिका–१ का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् ।

कटुवालले गौरादह–१ र कमल–१ को सिमानामा पर्ने माथ्लो किस्नी घाटमा रु २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अट्नसक्ने क्षमता भएको मलामी विश्रामस्थलको संरचना बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन् । मन्दिरसहितको नवनिर्मित विश्रामस्थलको कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज उद्घाटन गरे ।

सो क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका कार्कीले कटुवाल परिवारको सामाजिक देन प्रशंसनीय भएको उल्लेख गरे । त्यस अवसरमा दाता परिवारले ती संरचनाको स्वामित्व माथिल्लो किस्नीघाट संरक्षणको जिम्मेवारी प्राप्त गौरादह–१ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, कार्यक्रममा दानवीर कर्णबहादुर कटुवाललाई सम्मानसमेत गरिएको थियो ।

प्रदेशसभा सदस्य अमर विष्ट, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, निवर्तमान गौरादह नगरप्रमुख रोहित साहलगायत सो क्षेत्रका राजनीतिक, सामाजिक व्यक्तित्वको उल्लेख्य उपस्थिति थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना