सबै राजनीतिक दल संविधान कार्यान्वयनमा लाग्नुपर्छ : अष्टलक्ष्मी शाक्य « Khabarhub

सबै राजनीतिक दल संविधान कार्यान्वयनमा लाग्नुपर्छ : अष्टलक्ष्मी शाक्य


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्ने बताएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज यहाँ आयोजित ‘राजनीतिको महिलाकरण’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक दल संविधान कार्यान्वयनमा एकजुट हुनुपर्ने बताइन्।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन,’ उनले भनिन् ‘संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दल मिल्नैपर्छ ।’

नेकपा एमालेकी स्थायी समिति सदस्य विन्दा पाण्डेले संविधानमा व्यवस्था भएको समावेशी प्रतिनिधित्वको सवालमा महिला आफैँ स्पष्ट हुनुपर्ने बताइन् । उनले लिङ्गभेदको अन्त्य गर्ने कामको सुरुवात आफ्नै घरबाट गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १० : ३२ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक