ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गर्छौँ : मन्त्री बस्नेत « Khabarhub

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गर्छौँ : मन्त्री बस्नेत


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताएका हुन् ।

उनले मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउदै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री बस्नेतले विपन्नको उपचार निशुल्क हुनुपर्छ भन्ने आफ्नो मान्यता अनुसार वीर अस्पताल र ट्रमा सेन्टरले काम गरिरहेकोमा प्रशंसा गरे ।

 चिकित्सा शिक्षाको अध्ययनका लागि विदेश जानुपर्ने अवस्थालाई कम गर्न आफुले १०० देखि ३०० शैयासम्मका अस्पतालले नर्सिङ  र प्यारामेडिक्स तथा ३०० शैया भन्दा माथिमा अस्पतालले एमविविएस र विशेषज्ञ चिकित्सकको पढाई सञ्चालन गर्न पाउने गरि कानून परिवर्तन गर्न पहल गरिरहेको उनले बताए ।

गत वर्ष ट्रमा सेन्टरबाट ८२ हजारले ओपिडी सेवा लिएको, १७ हजार ५००ले आकस्मिक सेवा लिएको र ६ हजार ९०० मेजर अप्रेसन गरिएको जनाइएको छ । समारोहमा विभिन्न खेलकुदका बिजयी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो भने ट्रमा सेन्टरका संस्थापक निर्देशक प्रा.डा.अशोकरत्न बज्राचार्य र पूर्व निर्देशक डा. प्रमोद उपाध्यायलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : १६ बजे

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई