कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन « Khabarhub

कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमबीच ५२ वटा कविता समेटिएको संग्रह सार्वजनिक गरिएको हो ।

कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योति जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् ।

कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको वक्ताहरूले बताएका छन्‌ । विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।

समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए । उनले कविताले चित्रण गरेको विषयको गहिराईले पाठकको मन जित्ने बताए । कवि ज्योति जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताए ।

रोल्पा स्थायी घर भएका दीप सानैदेखि कविता लेखनमा रुचि राख्दथे । साहित्यमा विशेष रुचि रहेका उनले फुटकर कविताहरु संचारमाध्यममार्फत पाठकसामू ल्याइरहने गरे पनि संग्रह नै ल्याएको भने पहिलो पटक हो । पहिलो संग्रहले आफूलाई उत्साहित बनाएको बताउँदै यसबाट आउने प्रतिक्रिया र सल्लाह सुझाव अनुसार दोस्रो संग्रह पनि ल्याउने उनले बताए ।

कवि रिमा केसी, महेश छितिज, सुरज राणा र राधिका अधिकारीले कविता संग्रहबाट छानिएका कविता वाचन गरेका थिए । कार्यक्रम संचालन कवि प्रज्वल अधिकारीले गरेका थिए । प्रकाशक सांग्रिला बुक्स रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ९ : ०३ बजे

‘साइलेन्ट किलर’ बन्दै रेबिज : सरकारको ढिलासुस्ती र बेवास्ताले देशैभर छैन खोप

काठमाडौं- काठमाडौँको चन्द्रागिरिका एकजना ४८ वर्षीय पुरुषलाई केही महिनाअघि घरकै

रास्वपा महाधिवेशन १० गतेसम्म लम्बियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन १० गतेसम्म

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र

जेलेन्स्कीले स्टार्मरको युक्रेन समर्थनको प्रशंसा गरे, रूसले भने नीतिमा परिवर्तन नहुने प्रतिक्रिया

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको युक्रेनलाई