हमासद्वारा थप १७ जना बन्दी मुक्त « Khabarhub

हमासद्वारा थप १७ जना बन्दी मुक्त


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायल–हमास युद्धविरामको दोस्रो दिन शनिबार हमास समूहले थप १७ जना बन्दीलाई मुक्त गरेको छ । मुक्त गरिएकामा १३ जना इजरायली र ४ जना थाइ नागरिक रहेका छन् ।

समाचार संस्था सिएनएनका अनुसार इजरायलले पनि ३९ प्यालेस्टिनी नागरिकलाई जेलमुक्त गरेको छ।

यसअघि पहिलो दिन हमासले २४ बन्धक र इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी इजरायलसहित विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपरहण गरी बन्धक बनाएको थियो । जसमा नेपाली विद्यार्थी विपिन जोशीमा पछि छन् ।

इजरायल र हमासबीच पहिलो चरणमा ५० बन्धक र १५० जना प्यालेस्टिनी छाड्ने सहमति भएको थियो। सो सहमतिअनुसार गत शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।

हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : १७ बजे

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको