आयुर्वेदमा नेपालले धेरै विकास गर्नसक्छ : मन्त्री बस्नेत « Khabarhub

आयुर्वेदमा नेपालले धेरै विकास गर्नसक्छ : मन्त्री बस्नेत


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको क्षेत्रमा नेपालले धेरै विकास गर्नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपाल अथाह जटिबुटीको खानी रहेकाले यस क्षेत्रमा नेपालले धेरै विकास गर्नसक्ने बताएका हुन् ।

उनले भारत र चीनमा आयुर्वेदको क्षेत्रमा भएको विकासबाट नेपालले पनि फाइदा लिनसक्ने भन्दै यस क्षेत्रको विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने धारणा राखे ।

त्यस्तै, मन्त्री बस्नेतले मेडिकल शिक्षाको विकासमा मन्त्रालयको ध्यान केन्द्रित रहेको र यसले देशलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सक्न उल्लेख गरे । मुलुकका तीन सय शय्यामाथिका अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउन पाउने गरी आवश्यक कानून परिमार्जनको तयारी भइरहेको उनको भनाइ छ ।

त्यस्तै मन्त्री बस्नेतले स्वास्थ्यकर्मीको अभाव हुन नदिन आवश्यक दरबन्दी सिर्जना गरेर त्यसलाई परिपूर्ति गर्ने बताए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : ५१ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २