संसदीय समितिद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन « Khabarhub

संसदीय समितिद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि समितिको कार्तिक १५ गते बसेको बैठकले पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो । यसबीचमा पौड्यालविरुद्ध दुईवटा उजुरी परेको थियो ।

उजुरीकर्तामध्ये सम्पर्कमा आएका एकजनासँग समितिले आइतबार नै छलफल गरेको थियो । उजुरीलगायत भावी कार्ययोजनाबारे छलफल गरी समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिको सुनुवाइका क्रममा समिति सदस्यहरुको जिज्ञासामा प्रस्तावित राजदूत पौड्यालले यसअघि पनि सचिवलाई राजदूत सिफारिस गर्ने प्रचलन रहेको बताए । सरकारलाई आएको छात्रवृतिमा छोरीलाई विदेश पठाएको उजुरी पनि साँचो नरहेको उनले बताए ।

पौड्यालले आफू राजदूतमा नियुक्त भएमा क्यानडामा रहेका नेपालीहरुको समस्या समाधान गर्न र दुईपक्षीय सम्बन्ध विस्तार गर्न ध्यान केन्द्रित हुने जिकिर गरे ।

हाल परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका लागि आवासीय राजदूत एवं क्युबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्