महिला हिंसाविरुद्ध सशस्त्र प्रहरी परिवार महिला संघको कार्यक्रम सुरु « Khabarhub

महिला हिंसाविरुद्ध सशस्त्र प्रहरी परिवार महिला संघको कार्यक्रम सुरु


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानअन्तर्गत सशस्त्र प्रहरी परिवार महिला संघले कार्यक्रम सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा मंसिर १० गते जोन्टा क्लब अफ काठमाडौंको सहकार्यमा संघले महिला हिंसाविरुद्धको कार्यक्रम सुरु गरेको हो ।

सो कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गर्दै जोन्टा क्लब अफ काठमाडौंको सहकार्यमा हुन गईरहेको महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सफलताको शुभकामना दिए ।

उनले वर्तमान समयमा भइरहेको महिला हिंसाका विभिन्न घटनाहरुलाई निरुत्साहित गरी गाउँ, समाज र राष्ट्रलाई असल र सभ्य बनाउन यस्ता किसिमका अभियानले ठूलो भूमिका निर्वाह गर्ने बताउँदै आगामी दिनहरुमा समेत अभियान संचालनको लागि सशस्त्र प्रहरी बल नेपालको साथ र सहयोग रहिरहने उल्लेख गरे ।

कार्यक्रममा महिला हिंसा भनेको के हो, यो किन हुन्छ र यसको अन्त्य गर्न हाम्रो भूमिका कस्तो हुनुपर्छ भन्ने लगायतका विविध गतिविधिहरुको समेत प्रदर्शन गरिएको थियो । सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघ तथा जोन्टा क्लब अफ काठमाडौंका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ५३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर