केपी ओली कप : कुशलको शतकमा पुलिसको जित, एपीएफ अन्तिम चारमा « Khabarhub

केपी ओली कप : कुशलको शतकमा पुलिसको जित, एपीएफ अन्तिम चारमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलको शतकिय इनिङ्समा नेपाल पुलिस क्लबले केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा शानदार जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी प्रतियोगितामा समुह सी अन्तर्गत आज भएको खेलमा विभागीय टोली पुलिसले मधेश प्रदेशलाई ५७ रनले हराएको हो ।

कुशलले ५६ बलमा ७ छक्का र ८ चौकाको मद्धतले १ सय २ रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने भुर्तेल पहिलो खेलाडी बने ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतीमा १ सय ७५ रन बनाएको थियो ।

पुलिसका सुनिल धमलाले ४५ रन बनाए । करन केसीले १६ रन जोडे । मधेश प्रदेशका विशाल शुसलिङ र विशाल पटेलले समान २ तथा रुपेश सिंहले १ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको मधेश प्रदेश भने १८ दशमलव २ ओभरमा १ सय १८ रनमा अल आउट भयो । मधेश प्रदेशका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२, रोहन विक र राकेश कमातले समान १० रन जोडे ।

पुलिसका करन केसी, सागर ढकाल, राशिद खान र ललित राजवंशीले समान २ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले समान १–१ विकेट लिए ।

एपीएफ अन्तिम चारमा

आजै भएको पहिलो खेलमा गण्डकी प्रदेश लुम्बिनीसँग पराजित हुँदा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
महत्वपूर्ण खेलमा गण्डकी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपीएफ रनरेटका आधारमा सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ०४ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको