आइशरद्वारा सर्भिस क्याम्पको घोषणा | Khabarhub Khabarhub

आइशरद्वारा सर्भिस क्याम्पको घोषणा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्रालिले ४ दिने सर्भिस क्यामको सुरुवात गरेको छ । कम्पनीले विभिन्न १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको आज सुरुवात गरेको हो ।

यी केन्द्रहरुमध्ये दुई वटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यकाबाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् ।

त्यसैगरी, डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशुलीबाट पनि ग्राहकहरूले सर्भिस क्याम्पको सेवा लिन सक्नेछन् ।

यस ४ दिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यवसायिक गाडीहरुको प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने छ भने जाँच गराउन आउँदा सवारीधनीहरुले स्पेयर्स पार्ट्समा १० प्रतिशत, लुब्रिकेंट्समा १५ प्रतिशत छुट, विशेष मर्मतमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । यसैगरी, सर्भिस क्याम्पमा नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्नेछन् ।

“बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित आइशरले कमर्सियल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको हो । भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्व बजारमाआइशर ग्राहकको पहिले रोजाइ बन्दै आइरहेको छ ।” आइशर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर शरदकुमार मिश्रले भने ।

विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमाआत्याधिक लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ ।

सर्भिस क्याम्पको बारेमा थप जानकारी तथा प्रि–बुकिङ गर्न १६६०१११५५५, ९८०१५७५१११ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : ५७ बजे

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

धरान– धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन्

मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग

काठमाडौं- पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले

सरकारले रवैया प्रस्तुत गर्‍यो, कांग्रेस तलमाथि हुने कुरै छैन : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय