निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन « Khabarhub

निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– तराई भूपरिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच निकुञ्जका कार्यालय, सुरक्षाकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो ।

कसरास्थित प्रकृति संरक्षण शिक्षालयमा भएको बैठकमा विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानाले निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन, सुरक्षाकर्मी र सरोकारवालालाई निर्देशन दिए । सबै पक्षको सहयोग भएमा वन्यजन्तु तथा वन पैदावारका चोरी निकासी नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ ।

कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सहायक रथी सुन्दरकुमार पाण्डे, नेपाली सेना नम्बर २८ बाहिनीका सहायक रथी सानुकाजी थापा, ७ नम्बर बाहिनीका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीको समेत सहभागिता रहेको थियो ।

उनीहरूले बैठकमा निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा निकाय, स्थानीय समुदाय र सरोकारवालाबीच आपसमा समन्वय गर्नुपर्ने खाँचो औँल्याएका थिए ।

साथै वन्यजन्तु अपराध नियन्त्रणमा खटिने निकुञ्जका कर्मचारी र सुरक्षा निकायको क्षमता बढाउनुका साथै नवीनतम् प्रविधिको प्रयोगमा बढी जोड दिन निर्देशन दिइएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १० : १३ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान