‘विद्यमान कानुनमा बसेरै राजस्व सन्तुलनमा ल्याउन सकिन्छ’ | Khabarhub Khabarhub

‘विद्यमान कानुनमा बसेरै राजस्व सन्तुलनमा ल्याउन सकिन्छ’

'औपचारिक बाटोबाट ल्याउने वस्तुको प्रतिबन्धले आर्थिक कूटनीतिमा असर गर्छ'



क्रस बोर्डर व्यवस्थापन र आर्थिक कूटनीतिमा आर्थिक कूटनीति जहिले पनि महत्त्वपूर्ण हुन्छ । नेपालको हित हुने काममा सरकार वा अन्य व्यापारी केन्द्रित हुनुपर्छ ।

राष्ट्रिय आर्थिक हित के हो ? नेपालको, चाहे त्यो ‘हाइड्रो’मा होस्, चाहे आय आर्जन गर्ने पर्यटन वा कृषि उद्योग होस् । यिनीहरूमा विभिन्न प्रयास सरकारबाट भएका छन् । विभिन्न उद्योग वाणिज्य संघबाट पनि भइरहेका छन् । त्यसमा कति भएको छ, छैन छलफलको विषय भएको छ । सबै नकारात्मक पक्ष मात्र नभई त्यसमा सकारात्मक पक्ष पनि छन् ।

अहिले नेपालको पर्यटन व्यवसाय लयमा फर्किसकेको छ । हामी कोभिड अगाडिको लक्ष्यमा पुगिसकेका छौं । त्यस्तै हाइड्रोमा पनि धेरै कुराहरू अगाडि बढिरहेका छन् । सबै अवस्था सामान्य बन्दै जाँदा पनि चार खर्ब जति राजस्व उठेको छैन भने त्यो गम्भीर चासोको विषय हो । राजस्व संकलनका लागि हामीसँग कानुनहरु विद्यमान छन् । त्यसलाई हामीले राम्रोसँग लागु गर्न सकेका छैनौँ । केही क्षेत्रमा सुधार गर्नुपर्ने भए त्यो गर्नुपर्छ । हामीले समय–समयमा यो विषयमा छलफल गरेका छौँ ।

सामान्य कुरा गर्दा चुनावको समयमा म महानिरीक्षक थिएँ । शंकरदाश वैरागीको मातहतमा बसेर काम गरेका थियौँ । यो २०७४ को चुनावको विषय हो । सामान्यतया सुरक्षा निकाय चुनावी सुरक्षामा खटिएको समयमा राजस्व संकलनमा समस्या देखिने गरेको छ । त्यसैले त्यो समयमा पनि राजस्व संकलनमा निगरानी आवश्यक छ। चुनावपछि नयाँ प्रधानमन्त्री आउनुभयो । वैरागी सरकै नेतृत्वमा एउटा समिति बन्यो । समितिका सुझाव कार्यान्वयन हुनुपर्छ । यस्ता कुरा सरकारसमक्ष पेश भइसकेका छन् ।

क्रस बोर्डर व्यवस्थापन र आर्थिक कूटनीतिमा आर्थिक कूटनीति जहिले पनि महत्त्वपूर्ण हुन्छ । नेपालको हित हुने काममा सरकार वा अन्य व्यापारी केन्द्रित हुनुपर्छ ।

भइरहेका विद्यमान व्यवस्थालाई कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने विषयमा त्यो समयमा नै छलफल भएको छ । हाम्रो जुन ठाउँमा जो जसरी खटिरहेका छौं । दुई वर्ष अगाडि हेर्दा सन्तोषजनक रूपमा राजस्व उठिरहेको थियो । बिचमा किन कम भयो भनेर प्रधानमन्त्रीसँग बसेर छलफल पनि भएको थियो । त्यो बेला चाहिँ विभिन्न क्षेत्रहरू पहिल्याइयो । प्रतिबन्ध लाागेको अवस्थामा राजस्व घटेको हो । औपचारिक बाटोबाट प्रतिबन्ध लगाउँदा अनौपचारिक बाटो हुँदै यस्ता माल तथा वस्तु आउने गरेका छन् । यसले आर्थिक कूटनीतिमा सिधा असर गर्छ ।

अर्को जहाँ जो जो खटिएका छन् तिनीहरूको कुरामा माथिल्लो तहबाट नै जति प्रभावकारी रूपमा काम गर्नुपर्ने थियो त्यो नभएको भन्ने गुनासो आएको छ । एकले अर्कोलाई दोष लगाउने चलन पनि हाम्रो छ । जस्तो : बाबुराम भट्टराईको बेलामा भन्सार गस्ती भनेर खटाइएको थियो । त्यसले राम्रो काम गरेको थियो । पछि केही विकृति आयो भनेर त्यसलाई हटाइयो । त्यो जनशक्ति सबै बिओपीतर्फ लगियो।

फेरि कहिले भन्सार प्रमुखसँग हाम्रो अन्तरक्रिया हुँदा हाम्रो हातमा केही छैन भन्छन् । पहिला हाम्रो हातमा कम्पनी हुन्थ्यो त्यसले हामीले धेरै काम गरेका थियौ भन्ने आयो । भन्सार प्रमुखकै आदेशमा चल्ने भयो भने उसले कसैलाई सोध्नु परेन र स्वतन्त्रतापूर्वक रूपमा सूचना सङ्कलन गथ्र्यौ र आफै काम गथ्यौँ । त्यसलाई फेरि ट्रायलको रूपमा वा केशका रूपमा प्रयोग गर्ने कि भनेर एक पटक कुरा भयो ।

प्रतिबन्ध लाागेको अवस्थामा राजस्व घटेको हो । औपचारिक बाटोबाट प्रतिबन्ध लगाउँदा अनौपचारिक बाटो हुँदै यस्ता माल तथा वस्तु आउने गरेका छन् । यसले आर्थिक कूटनीतिमा सिधा असर गर्छ ।

त्यसमा सशस्त्र मात्र नभई नेपाल प्रहरी र अन्य सुरक्षा निकायसहित संयुक्त टिम राखेर अहिलेको अवस्था कम गर्न सकिन्छ भन्ने कुरा पनि आएको थियो । तर क्याबिनेटबाट त्यो पारित भएन । सबैको पहलबाट एउटा निश्चित दर्जालाई दिएर त्यो सबैको कमान्ड स्थानीय भन्सार प्रमुखलाई दिने र थप समर्थन गर्नुपर्याे भने बाहिरको जिल्लाले नत्र उसले आफै अप्रेशन गर्ने र पक्राउ पनि गर्ने निर्णय भएको थियो । त्यो निर्णयले राजस्व संकलनमा धेरै राम्रो भएको थियो ।

सीमा समस्याको रूपमा अहिले आठ वटा मात्र नाका बनाउने भन्ने कुरा आएको छ । यसमा हामीले माथिल्लो तहमा बसेर हेर्दा अर्थमन्त्रीलाई सधैँ आउने दबाब भनेको सबैभन्दा बढी नाका खोलिदिनुपर्छ भन्ने हो । अरु नाका थपिदिनु पर्याे, त्यहाँ हाम्रो जनताले धेरै दुःख पाए भन्ने नै हो । त्यो भइराखेका नाका घटाउनुपर्छ भन्ने कुरा सम्भवतः राजनीतिक मान्छेबाट आउँदैन । भएकोलाई हामीले कसरी व्यवस्थापन गर्ने हो । त्यसमा ध्यान जानुपर्छ । अहिले नाका घटाउन सम्भव नै छैन ।

म २ नम्बर प्रदेश (मधेश)मा हुने बेला अनौपचारिक रूपमा ३५/३६ वटा नाकाबाट जाने भए पनि ११२ वटा नाकाबाट ओहोरदोहोर हुन्थ्यो । म त्यहाँ प्रमुख हुँदा ११२ वटा नाकाबाट राजस्व संकलन कसरी सम्भव छ ? भन्ने विषयमा छलफल पनि गरेको थिएँ । त्यो बेला छलफलको विषयमा रहेको एउटै जिम्मा लिएको मान्छेहरू जस्तो राजस्व अनुसन्धानको प्रमुखहरू ३/३ महिनामा परिवर्तन गरी दिने काम भयो । क्षेत्रीय प्रमुख पनि ३ देखि ६ महिनामा परिवर्तन भए । त्यसैले एकले अर्कोलाई अनौपचारिक बजारबाट रोकिदिए जस्तो लाग्थ्यो ।

भइराखेका नाका घटाउनुपर्छ भन्ने कुरा सम्भवतः राजनीतिक मान्छेबाट आउँदैन । भएकोलाई हामीले कसरी व्यवस्थापन गर्ने हो । त्यसमा ध्यान जानुपर्छ । अहिले नाका घटाउन सम्भव नै छैन ।

त्यसैले सबै निकायहरूले आफूले गर्नु पर्ने कामहरु गर्ने हो भने आज भन्दा ४/५ वर्ष अगाडिको राजस्व जुन सन्तुलित अवस्थामा ल्याएको थियौँ । विद्यमान कानुनमा बसेर नै ल्याउन सकिन्छ जस्तो लाग्छ ।

(आईएसएसआर र खबरहबको आयोजनामा भएको ‘आर्थिक कूटनीति र सीमा सुरक्षा विषयक अन्तरक्रिया’ कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले राख्नु भएको धारणाको सम्पादित अंश )

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ११ : ५१ बजे

कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तारुढ दलको

बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व संकलन

कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १०

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको

कलुवापुर–बेलौरी राजमार्ग अझै भएन कालोपत्र 

कञ्चनपुर– कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको

खराब मौसमका कारण श्रीलंकामा दश हजारभन्दा बढी प्रभावित

कोलम्बो– तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलंकामा दश हजारभन्दा