बाबुको हत्या गर्ने छोरा पक्राउ | Khabarhub Khabarhub

बाबुको हत्या गर्ने छोरा पक्राउ


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कमल गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

उनका अनुसार छोराले आज बिहान साढे ६ बजे दाउले हिर्काउँदा बाबुको घटनास्थलमै मृत्यु भएको थियो । आशिषले बाबुको टाउको र दाहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ ।

कमल–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १ : ०३ बजे

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता

पुरानै घर फर्किने तयारीमा रामकुमारी, भन्छिन् : अध्यक्ष ओलीसँग कुरा भयो, प्रभावित छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पुरानै