काभ्रेमा क्यान्सरको उपचार सुरु « Khabarhub

काभ्रेमा क्यान्सरको उपचार सुरु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बनेपा- काभ्रेपलाञ्चोकको बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो ।

काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको छ । क्यान्सर बिरामी हुँदा कुनै पनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक कठिनाइलाई न्यूनीकरण गर्दै उपचारमा सहजता ल्याउन क्यान्सर रोगको उपचार सुरु गरिएको अस्पतालका क्यान्सर केयर कोअर्डिनेटर डा ध्रुव कँडेलले बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हेक्टर गायरसले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि स्थानीयस्तरमै सेवा विस्तार गरिएको जानकारी दिए । विभिन्न प्रकारका रोगको उपचार हुने मध्यपहाडी क्षेत्रमा सबैभन्दा पुरानो विसं २०१७ मा स्थापित उक्त अस्पतालमा हाल एक सय ५० शय्याबाट उपचार सेवा प्रदान गर्दै आएको छ । क्यान्सर रोगका बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा एन्जिला बस्नेतले बताइन् ।

उनका अनुसार सुरुमा क्यान्सर रोगको पहिचान गर्ने र प्रमाणित भएमा त्यसको उपचारार्थ ‘केमोथेरापी’ लगायतका बाल क्यान्सर, रगत क्यान्सर, रेडियोलोजी, प्याथोलोजी, भ्याक्सिन, सर्जरी तथा क्यान्सरको उपचार सेवा प्रदान गरिने छ । यस्तै उक्त रोगको उपचारका लागि अस्पतालले छुट्टै भवन, थप अत्याधुनिक मेसिन र दक्षजनशक्तिको व्यवस्थापनमा जुटेको जनाएको छ । साथै अस्पतालले वार्षिक, दुई वार्षिक, त्रैवार्षिक र पञ्चवर्षीय योजना लिएर क्यान्सर रोगका बारेमा सम्पूर्ण उपचार गर्ने गरी योजना बनाएको छ ।

“क्यान्सरको उपचार सेवा पनि महँगो छैन”, बस्नेतले भनिन् । उनले महिलालाई हरेक महिना एकपटक आफैँ ‘ब्रेस्ट चेक’ गर्न अनुरोध पनि गरिन् । नेपालमा वार्षिक २० हजारभन्दा धेरै नागरिक  क्यान्सर रोगबाट सङ्क्रमित हुने गरेको तथा वार्षिक १४ हजार नागरिकको यही रोगका कारण निधन हुने गरेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार नेपालमा एक चिकित्सकले  सहरी क्षेत्रमा १२ हजार र ग्रामीण भेगका एक लाख ५० हजार नागरिक हेर्नुपर्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : १६ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा