हत्या आरोपमा पक्राउपछि निलम्बित प्रदेश सांसद सिंहको निलम्बन फुकुवा | Khabarhub Khabarhub

हत्या आरोपमा पक्राउपछि निलम्बित प्रदेश सांसद सिंहको निलम्बन फुकुवा


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धनुषा-  हत्या आरोपमा गत भदौं १८ मा पक्राउ परेपछि निलम्बनमा परेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको छ ।

सप्तरी ४ (२) बाट स्वतन्त्र निर्वाचित सांसद सिंह हत्या आरोपमा गत भदौं १८ गते पक्राउ परेपछि उनलाई प्रदेशसभाले निलम्बन गरेको थियो । कार्तिक २३ मा धरौटीमा छुटेका सिंहले निलम्बन फुकुवाको निवेदन प्रदेशसभामा दर्ता गराएका थिए ।

सोही निवेदनको आधारमा निलम्बन फुकुवा गरेको आज बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले बताए । सांसद सिंह स्वतन्त्रबाट निर्वाचित भएपछि जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ३६ बजे

पार्टीभित्र एकअर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातीः प्रवक्ता महत

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत

उज्यालो नेपालको केन्द्रीय सदस्यमा वातावरणविद् सागर ढकाल

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता