दुर्गा प्रसाईंको प्रदर्शनमा १४ जना पक्राउ (सूचीसहित) « Khabarhub

दुर्गा प्रसाईंको प्रदर्शनमा १४ जना पक्राउ (सूचीसहित)


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनलाई भड्काउन खोजको भन्दै सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोप छ ।

पक्राउ पर्नेमा अछामका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुरका भुवन परियार, पूर्वी नवलपरासीका यदुनाथ सिग्देल र राजु तामाङ छन् ।

यस्तै, पर्वतका देउबहादुर रिजाल, भक्तपुरका युभिन श्रेष्ठ, श्रीनिवास आचार्य, सुनसरीका सुजन खड्का, खोटाङ घर भएका मेहरमान बस्नेत र सुनसरीका दीपेश खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : २५ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र