बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’ ? | Khabarhub Khabarhub

बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’ ?


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौंबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ करिब ७ बजे चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा ओभरसुट गरेको हो ।

बुद्ध एयरको जहाज धावनमार्गमा अवतरणको अन्तिम चरणमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीले राससलाई जानकारी दिए ।

उनले भने, “काठमाडौँबाट आएको जहाज अवतरण गर्ने ‘फाइनल प्वाइन्ट’ मा आइसकेपछि धावनमार्गमा स्याल देखियो । हामीले सामान्यतया धावनमार्गमा स्याल, कुकर वा कुनै शङ्कास्पद वस्तु देखिएमा पहिला धावनमार्ग क्लियर गरेर मात्रै जहाज अवतरण गर्ने अनुमति दिन्छौँ । सोही प्रक्रिया गर्दा समय करिब १० मिनेटको समय लाग्ने भएकाले जहाजलाई ‘मिस अप्रोच’ गराएर सुरक्षित अवतरण गरिएको हो ।”

रातिको समयमा इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भएकाले धावनमार्ग क्लियर गर्न लगाएर जहाजलाई सुरक्षित अवतरण गराइएको थियो ।

धावनमार्गमा स्याल देखिएपछि विमानस्थलका ‘एयर ट्राफिक कन्ट्रोलर’ ९एटिसी० ले मिस अप्रोच लागि विमान चालक (पाइलट)लाई अनुरोध गरेका थिए । मानिस र सवारीसाधनको सहायताले धावनमार्ग उडानयोग्य बनाइएको थियो ।

“रात्रिकालीन उडान भएकाले केही असहज भएको हो हामी सचेत छौँ, जहाज उडान तथा अवतरण गर्नुअघि विमानस्थलका कर्मचारीले धावनमार्गको चेकजाँच गरिँदै आएको छ । सुरक्षित उडानका लागि सबै जिम्मेवारपूर्वक लागेका छौँ”, सूचना अधिकारी खत्रीले भने ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १० : १३ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित