नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ गतदेखि काठमाडौंमा आयोजना हुने « Khabarhub

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ गतदेखि काठमाडौंमा आयोजना हुने


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष मंसिर १४ गतदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।

महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्ष मंसिर १४ गतदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा व्यापार मेला आयोजना हुने जानकारी दिएको हो ।

मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशबाट पनि सहभागिता हुने महासंघले जनाएको छ । त्यस्तै मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल रहने र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहनेछन् ।

कुल २१० वटा स्टलहरुमार्फत मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाहरुको प्रदर्शनी रहने महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । मेलाले स्वदेशी वस्तुको प्रवर्द्धन गर्न मद्दत पुग्ने उनले बताए ।

मेलाका अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारित प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच छलफल गर्ने कार्यक्रम रहेको ढकालले जानकारी दिए । कोभिड महामारीपछि हुन लागेको मेलाको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : २८ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या