‘जङ्गली जनावरले गरिखान नदिने भए’ « Khabarhub

‘जङ्गली जनावरले गरिखान नदिने भए’


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- जङ्गली जनावरले बाली नष्ट पार्न थालेपछि पश्चिम म्याग्दीका विभिन्न स्थानका किसान चिन्तित भएका छन् । मालिका गाउँपालिकाको निस्कोट, देविस्थान, रुम, डाँडागाउँ र धवलागिरि गाउँपालिकाको मुना, मुदी, गुर्जालगायत गाउँका किसानले लगाएको बाली जङ्गली जनावर बँदेल, बाँदरलगायत जनावरले सखाप पार्दा रातभर जाग्राम बस्न थालेका हुन् ।

घर भित्र्याउन तयारी अवस्थामा रहेको कोदोबालीलगायत बारीमा लगाएको तरकारी ठूलो सङ्ख्यामा आउने जङ्गली जनावरले नोक्सान गर्न थालेपछि किसान बालीको सुरक्षाका लागि खेतबारीमा जाग्राम बस्नु परेको मालिका गाउँपालिका–१ निस्कोटका टेकबहादुर पुनले बताए ।

यसअघि पनि धान, मकै, कोदोलगायत खाद्यान्न बालीमा बथानका–बथान आएर जङ्गली जनावरले बाली नष्ट गरेको र अहिले त्यो क्रम झन बढेर गएको उनको भनाइ छ । “जङ्गली जनावरले गरिखान नदिने भए, साँझ परेपछि ठूलो सङ्ख्यामा आएका जङ्गली जनावरले खेतबारीमा डुलेर बालीनाली सकिदिन्छन्, गाउँलेलाई रातभरी सुत्नै दिँदैनन्” पुनले भने ।

“जङ्गली जनावरलाई भगाउन समूह बनाएर रातभर खेतबारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन मुस्किल परेको छ”, निस्कोटका युवा तपेन्द्र विकले बताए ।

मालिका गाउँपालिका–३ डाँडागाउँ र वडा नं २ रुममा पनि जङ्गली जनाबरले सास्ती दिएको स्थानीय किसानको गुनासो छ । पछिल्लो समयमा यहाँका किसानले रातभर जाग्राम बसेर जङ्ली जनाबर धपाउन बाहेक बाली जोगाउने अन्य विकल्प नरहेको बताएका छन् ।

पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको कोदोबाली, सुन्तला, तरकारीलगायत खेतीमा बँदेलले क्षति पु¥याउँदा किसान निकै निराश भएका छन् । “वन फँडानी रोकिएपछि वन क्षेत्र घना हुँदै गएको छ, गाउँ खाली हुँदै गएका छन्, मानिस पनि गाउँमा कम बस्ने र जङ्गलमा जङ्गली जनावरको वृद्धि हुँदै गएपछि आहाराको खोजीमा जनाबर गाउँपस्न थालेका हुन्,” मालिका गाउँपालिका–२ रुमका जगबहादुर विकले बताए ।

किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ । “नत जङ्गली जनावरको नियन्त्रण गर्नतिर चासो छ नत क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्,” निस्कोट ओखलढुङ्गा गाउँका तप्तप्रसाद पुनले गुनासो गरे । जङ्गली जनावरले बालीनाली नोक्सान गरेको निवेदन आएका तर क्षतिपूर्तिको बारेमा निर्णय नभइसकेको मालिका गाउँपालिका–१ का वडासदस्य कौशिला पटेलले बताइन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ४५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने