सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने « Khabarhub

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसकेपछि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् ।

गत १७ कात्तिकमाम जाजरकोट बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ५३ बजे

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम

संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका