अभिनेत्री अदितीको गुनासो : मेरो चरित्र हत्या गर्ने प्रयास भयाे « Khabarhub

अभिनेत्री अदितीको गुनासो : मेरो चरित्र हत्या गर्ने प्रयास भयाे


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री अदिती बुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् । अदितीले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्बिर र भिडियो सेयर गरेर दुःख दिने काम भएपछि आपत्ति जनाएकी हुन् ।

अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट सेयर गरेर आफूलाई दुःख दिने काम भइरहेको बताइन् ।

उनले सामाजिक सञ्जालमा एआईका तस्बिर व्यापक सेयर भएपछि फ्यानहरूलाई यसको जानकारी दिदैँ आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न समेत आग्रह गरेकी छिन् । अदितीले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो २० लाख भन्दा बढी इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् ।

अदितीले लेखेकी छिन्, ‘अरु मानिसहरूलाई खसाल्न केही मान्छेहरूले गरेको प्रयास देख्दा मलाई निकै दुख लागेको छ । लामो समयदेखि मैले यस्तो हर्कत र प्रयासको सामना गरिरहेको छु । मैले यसलाई रोक्ने प्रयास पनि गरिरहेकी छु । नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ । साथै, एआई र अरू गलत भिडियोको माध्यमबाट मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।’

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएका भिडियो र तस्बिर सेयर गर्ने क्रम बढेको छ । यसको मारमा नाम चलेका बलिउड अभिनेत्रीहरू रश्मिका मन्दाना, आलिया भट्ट र काजोल एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बनिसकेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : ३६ बजे

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका उम्मेदवार नै

एमाले महाधिवेशनमा देखिएको सहभागिता राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले महाधिवेशनमा देखिएको उत्साहजनक