रुससँगको फिन्निश सीमानजिक सेना पठाउने पोल्याण्डको तयारी, रुस क्रुद्ध « Khabarhub

रुससँगको फिन्निश सीमानजिक सेना पठाउने पोल्याण्डको तयारी, रुस क्रुद्ध


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वार्सा- पोल्याण्डले रुससँगको फिन्निश सीमानजिक सेना पठाउने तयारी थालेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेका बेला पोल्याण्डले रुसको छिमेकी फिनल्याण्डमा सेना पठाउने तयारी थालेको हो ।

पोल्याण्डले फिनल्याण्डमा ‘सैन्य सल्लाहकारहरुको समूह’ पठाउन लागेको पोल्याण्डको राष्ट्रिय सुरक्षा ब्युरोका प्रमुख ज्यारेक सिवेरियाले जनाएका छन् । रुस–फिनल्याण्ड सीमानजिकै हाइब्रिड आक्रमणको जोखिमलाई मध्यनजर गर्दै साझेदारहरुको औपचारिक आग्रहमा यस्तो तयारी थालिएको उनको भनाइ छ ।

फिनल्याण्डले हालैमात्र रुससँगको सीमाना बन्द गरेको छ । यसबारे फिनल्याण्डका अधिकारीहरुले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

यता रुसले भने फिनल्याण्डसँगको आफ्नो सीमानजिक सेना पठाउने पोल्याण्डको तयारीबारे आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ । रुसी प्रशासन क्रेमलिनले यस्तो कदमले उत्तेजना बढाउने र आफ्नो मुलुकले यसलाई धम्कीका रुपमा लिने चेतावनी दिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले रुस फिनल्याण्ड सीमामा कुनै जोखिम नरहेको भन्दै सेना पठाउने पोल्याण्डको तयारीको कुनै औचित्य नरहेको बताएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : ५६ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि