४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन  « Khabarhub

४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन 


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा- करदाता सेवा कार्यालय चरिकोटले चालु आर्थिक वर्षको साउन देखी कात्तिक मसान्तसम्म ४ महिनाको अवधिमा ८ करोड ५४ लाख भन्दा धेरै आन्तरिक आम्दानी गर्न सफल भएको छ ।

कार्यालयले साउन देखी कात्तिकसम्म ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व संकलन गरेको करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले बताएकी हुन् ।

कार्यालय यो ४ महिनाको अवधिमा बैंक भौचरबाट ४ करोड ९५ लाख ५७ हजार रुपैयाँ र ई पेमेन्टबाट ३ करोड ५९ लाख २१ हजार २ सय ९२ रुपैयाँ राजस्व संकलन भएको गौतमले बताइन् ।

कार्यालयले आयकर, पारिश्रमिक आयकर, पुँजीगत लाभ कर व्यक्तिगत, आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक,आयकर प्रालि, सामाजिक सुरक्षा कर, बहाल कर,मूल्य मुअ कर, ब्याज कर,अन्त: शुल्क औद्योगिक उत्पादन कर, मदिरा कर, सुर्तीजन्य पदार्थ कर, सञ्चार बिमा कर लगायतका राजस्व शीर्षकबाट ७ करोड ५२ हजार राजस्व संकलन गरेको हो । त्यस्तै कात्तिक महिनामा मात्रै १ करोड ५४ लाख २६ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा वृद्धि हुने कार्यालयले अनुमान गरेको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : २९ बजे

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक