श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ « Khabarhub

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ ।

सिरहा नगरपालिका–१५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती सञ्जिताकुमारी यादवको हत्या अभियोगमा आज पक्राउ गरेको हो । गत बिहीबार ७ गते श्रीमती हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले राससलाई जानकारी दिए ।

घरायसी विवादका क्रममा श्रीमानले इँटा र भाटाले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारको लागि छिमेकी भारतीय बजार जयनगर लगेको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास र अनुसन्धान गर्दा हत्या गरी भारततर्फ लगेको खुलेको बताएको छ ।

यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोली थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको छ । मृतकका पाँच छोराछोरी छन् । प्रहरीले सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ०९ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन