७ दशकदेखि दाउरा भन्दै श्रीलंकाको दालचिनी चीन निर्यात हुने गरेको खुलासा « Khabarhub

७ दशकदेखि दाउरा भन्दै श्रीलंकाको दालचिनी चीन निर्यात हुने गरेको खुलासा


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- विगत सात दशकदेखि श्रीलंकाबाट बहुमूल्य दालचिनी दाउराका रुपमा चीनतर्फ निर्यात भइरहेको पाइएको छ । श्रीलंका पोदुजन पेरामुना पार्टीका सांसद यादामिनी गुणवर्देनाले यसबारे मन्त्रीस्तरीय समितिमा कुरा उठाएपछि यस विषयमा चर्चा सुरु भएको हो ।

श्रीलंकाको निर्यात विकास बोर्डले यसबारे चीनसँग कुरा राखेको श्रीलंकाली सञ्चार माध्यमले जनाएका छन् । गत साता निर्यात विकास बोर्डले अबदेखि दालचिनीलाई खाद्य उत्पादनका रुपमा चीनतर्फ निर्यात गरिनेबारे उक्त समितिलाई जानकारी गराएको थियो ।

श्रीलंकामा उत्पादन हुने दालचिनी, दालचिनीको तेल र अन्य बहुमूल्य वस्तुहरुलाई उचित श्रेणिमा स्तरीकरण गरेरमात्र विदेश निर्यात गर्न सांसदहरुले माग गरेका छन् । स्रोतका अनुसार बहुमूल्य दालचिनी दाउराका रुपमा चीनतर्फ निर्यात दशकौँअघि बन्द भइसक्नुपर्थ्यो ।

यद्यपि विदेश मन्त्रालय र निर्यात विकास बोर्डले आफ्नो जिम्मेवारी पूरा नगरेको श्रीलंकाबाट प्रकाशित हुने आइल्याण्ड अखबारले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ४ : ४६ बजे

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार