बागमतीलाई हराउँदै आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा « Khabarhub

बागमतीलाई हराउँदै आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कास्की – केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ ।

पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई हराएको आर्मीले फाइनलमा स्थान पक्का गरेको छ । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै पूरा गर्यो ।

आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा कुशल मल्लले २७ रन बनाए । कप्तान विनोद भण्डारी २५ रनमा आउट भए ।

पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो । बागमतीका अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन् ।

कप्तान सन्दीप लामिछानेले १९ रन बनाउँदा रित गौतम १४ रनमा आउट भए । आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए । विवेक यादवले एक विकेट दिए ।

बागमतीका लागि सन्दीप लामिछानेले २ विकेट लिदा, प्रतिश जिसी, इशान पाण्डे, सोनु देवकोटा र रित गौतमले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  १२ : ५१ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास