एमालेको पदयात्रा बैतडीको गोठलापानी पुग्यो « Khabarhub

एमालेको पदयात्रा बैतडीको गोठलापानी पुग्यो


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बैतडी- आजबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा बैतडीको गोठलापानी पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डाको झण्डोत्तलन गरी आज बिहान मध्यपहाडी लोकमार्ग यात्राको उद्घाटन गरेका थिए, सो यात्राको पहिलो स्टेसनको रुपमा बैतडीको गोठलापानी पुगेको हो ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्यपहाडी राजमार्गको करिब १ हजार ८ सय ७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू भएको हो, जुन पुस ५ गते चिवाभञ्ज्याङमा पुगेर समापन हुदैँछ ।

‘समृद्धिको लागि संकल्प यात्रा’ नाम दिइएको उक्त पदयात्राको क्रममा मध्यपहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  २ : ५२ बजे

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च

विदेशी उपाधिको समकक्षता सेवा अब यूजीसीमार्फत, तीन हजारभन्दा बढी प्रयोगकर्ता दर्ता

काठमाडौं– विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता

नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)

चितवन– मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो

१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ