कांग्रेसमा महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब | Khabarhub Khabarhub

कांग्रेसमा महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति निर्धारण गरी अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपूर्ण एजेण्डाको रुपमा छलफल हुदै आएको छ ।

केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् ।

केहीले भने महाधिवेशन समयमै गर्नुपर्ने तर्क गरेका छन् । साथै केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दै विधान विपरित कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रीत भएपनि निष्कर्षमा भने पुगी नसकेको बताए ।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए । उनले संक्रमणकालीन व्यवस्थाको नाममा भर्रखरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरित कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए ।

असार २२ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिदै चल्दै आएको छ । बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये नियमावलीको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमतिपूर्वक टुंग्याउने गरी नियमावली मस्यौदा समितिलाई नै फिर्ता पठाईसकेको छ ।

प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेण्डामा संयुक्त छलफल गरिने जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ३० बजे

रोल्वालिङ खोल जलविद्युत आयोजनाको काम बन्द, स्थानीय आक्रोशित

दोलखा– जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर-९ रिकुमा निर्माणाधीन २० मेगावाटको

मधेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले संकटग्रस्त

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

अबुजा- नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५

भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमणमा

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्यापार सम्झौताका लागि बेलायत पुगेका