सुदूरपश्चिम पुगेका ओली चुच्चे नक्साबारे चुप « Khabarhub

सुदूरपश्चिम पुगेका ओली चुच्चे नक्साबारे चुप


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा चुच्चे नक्साको विषयमा लामै बहस चल्दै आएको छ । विशेषतः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७७ जेठ ७ गते मन्त्रिपरिषदले निर्णय गरेर नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

नेकपा सरकारको निर्णयप्रति विपक्षीले समेत सहमति जनाएका थिए । सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीलाई आँटिलो नेता भनेर समर्थन गर्नेहरुको कमी थिएन ।

हाल भारतको नियन्त्रणमा रहेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर जारी गरिएको नेपालको नक्सा सार्वजनिक भएको तीन वर्षसम्म पनि नेपालले आफ्नो भूमि फिर्ता लिन सकेको छैन । क्रमशः दलका नेताहरुले चुच्चे नक्साको प्रशंगलाई बिर्सन थालेका छन् ।

छिमेकी मित्रराष्ट्र भारत सरकारसँग द्वीपक्षीय वार्ता र कूटनीतिक प्रयास मार्फत आफ्नो भूमि फिर्ता ल्याइछोड्ने ओलीले बताउँदै आएका थिए । अहिले पनि बेला बेलामा ओलीले चुच्चे नक्सा सार्वजनिक गरेको जस लिने गरेका छन् । तर गुमेको भूमि फिर्ता लिने कुरामा भने सरकार पनि मौन छ विपक्षी पनि ।

यसअघि भारत भ्रमणका गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशसँग जाने बाटोसँग चुच्चे नक्साको भूभाग साट्न सकिने विवादास्पद अभिव्यक्ति दिएका थिए । अहिले सरकारको नेतृत्व गरिरहेका कांग्रेस र माओवादीका नेताहरु चुच्चे नक्साबारे तैंचूप मैचुप छन् ।

हाल नेकपा एमाले सूदुरपश्चिमको बाटो हुँदै महाकाली–मेची अभियानमा छ । अभियान बिहीबार बैतडीको झुलाघाटबाट सुरु भएको छ । एमालेले स्थानीय समस्या बुझ्न अभियान थालेको बताएको छ । अभियानको उदघाटनमा सुदूरपश्चि पुगेका ओलीले विहीबारको कार्यक्रममा चुच्चे नक्साबारे केही बोलेनन् ।

सूदुरपच्चिम सीमाना क्षेत्रमा पुगेर पनि उनले चुच्चे नक्सा फिर्ता गर्नेबारेमा सरकारको ध्यान आकर्षित गर्न बिर्सिए ।

युवासंघका अध्यक्ष क्षितिज थेबेका अनुसार विहीबार ओलीले बैतडीका तीन स्थानमा भाषण गरे । उनले बैतडीको झुलाघाट, गोठालापानी र खोड्पेमा बोलेका थिए । बिहीबारको बसाइ बझाङमै हुने थेबेले खबरहबलाई बताए ।

सुदूरपश्चिममा तुईनका समस्या छन् । नेपालीहरुले आफ्नै भूमिमा जानका लागि भारतको बाटो प्रयोग गर्नुपरेको छ । तर, यी विषयहरु ठूला राजनीतिक दलको प्राथमिकतामा पर्ने गरेका छ्र्रैनन् । चुच्चे नक्सा त धेरै परेको कुरा भयो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : ५९ बजे

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा

कासिबलाई हराउँदै फाइनलमा रवीन्द्र

काठमाडौं – ‘रोड टू यूएफसी सिजन –५’ अन्तर्गत युजिल्यान्डका कासिब

नर्वेका राजा हेराल्डको निधन, छोरा हाकोनले सम्हाले राजगद्दी

ओस्लो– नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको