नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित « Khabarhub

नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै विजयी भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी ओलावाले अफिजको गोलले धनगढी विजयी भएको हो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका हुन् ।

आजको खेलमा विजयी भएसँगै धनगढीले २ खेलबाट ६ अङ्क जोडेको छ । समान खेल खेलेको बुटवलको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो । त्यस्तै पहिलो खेलमा बुटवल ललितपुरसँग २–० ले पराजित भएको थियो ।

लिगअन्तर्गत भोलि शुक्रबार वीरगञ्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  १० : ४२ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी