आज २०८० साल मंसिर १५ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल मंसिर १५ गते शुक्रबारको राशिफल


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल मंसिर १५ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : दिन राम्रो छ। आकस्मिक लाभ हुनसक्छ । आम्दानी बढ्नेछ। वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ।

वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

कर्कट : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

कन्या : दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला।

धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

मीन : प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ५ : ०९ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए