भरतपुर अस्पतालमा आईसीयू शय्या थपियो  « Khabarhub

भरतपुर अस्पतालमा आईसीयू शय्या थपियो 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो ।

अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।

उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा १५ हजार रुपैयाँको हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शय्या शुल्क दुई हजार मात्र पर्दछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शय्याको बाल सघन उपचार कक्ष र छ शय्याको पीआईसीयू सञ्चालनमा छन् ।

अस्पतालमा ६ सय शय्या छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ४७ बजे

प्रचण्डले भने- ओलीमाथिको अनुसन्धानमा राजनीतिक पूर्वाग्रह नराखियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष

ओली पक्राउविरुद्ध एमालेमा देखिएन एकता, कार्यकर्ता आएनन् सडकमा

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले

बबरमहल क्षेत्रमा प्रदर्शनरत एमालेका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै

बालेन सरकारसँग आशावादी हेटौँडा सिमेन्ट उद्योग (तस्बिरहरू)

हेटौँडा– देशको पुरानोमध्येको एउटा सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बेलामौकामा

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित