भरतपुर अस्पतालमा आईसीयू शय्या थपियो  | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा आईसीयू शय्या थपियो 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो ।

अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।

उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा १५ हजार रुपैयाँको हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शय्या शुल्क दुई हजार मात्र पर्दछ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शय्याको बाल सघन उपचार कक्ष र छ शय्याको पीआईसीयू सञ्चालनमा छन् ।

अस्पतालमा ६ सय शय्या छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : ४७ बजे

सुमनाले छाडिन् रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी

युवाले मागेको भ्रष्टाचार अन्त्य र आर्थिक समानताको पक्षमा अठोट गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा युवा पुस्ताको सोचबाट

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने

काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद

देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज देश शून्यमा