भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थल अवरुद्ध, ७ सय ६० वटा उडान रद्द « Khabarhub

भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थल अवरुद्ध, ७ सय ६० वटा उडान रद्द


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

बर्लिन- भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थलमा करिब ७ सय ६० वटा उडान रद्द भएका छन् । अमेरिकी टेलिभिजन सञ्जाल सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाएअनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको छ ।

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने, लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ । रेल यातायात सोमबारसम्म गम्भीर रूपमा प्रभावित हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो सङ्ख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको जर्मनीमा आधारित अखबार सुडडोइच जेटुङलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरिएको छ ।

प्रकाशनसँग कुरा गर्दै एकजना यात्रुले भने, ‘म एक बजेदेखि यही ठाउँमा बसेको छु ।’ अर्का यात्रुले सीएनएनसँग आफूहरू त्यहाँबाट बाहिर निस्कन पाउँछौं कि पाउछदैनौं भन्ने जिज्ञासा राखेका छन् ।

शनिबार प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ। यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।

यसैबीच, बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

शनिबार म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सीएनएनले बाभेरियन सार्वजनिक प्रसारक बेइरिस्चर रुन्डफङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ । म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो । यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो ।

बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ । बाक्लो हिमपातसँगै यहाँको उडान र गुडान दुवै यातायात प्रत्यक्ष रूपमा प्रभावित हुने गर्दछ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : १० बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता