तामाङ समाज यूएईले काभ्रेको विद्यालयलाई गर्‍यो आर्थिक सहयोग | Khabarhub Khabarhub

तामाङ समाज यूएईले काभ्रेको विद्यालयलाई गर्‍यो आर्थिक सहयोग


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको क्रममा यूएई पुगेका तामाङहरुको संगठन तामाङ समाज यूएईले आर्थिक संकलन गरेर काभ्रेको तेमाल गाउँपालिका वडा नं ९ स्थित विद्यालयलाई सहयोग गरेको छ । शिक्षाका लागि समाज नामको कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले प्रत्येक वर्ष विभिन्न विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ ।

यस वर्ष काभ्रेस्थित तेमाल गाउँपालिका वडा नं ९ मा रहेको मैनाजाङ आधारभुत विद्यालयलाई नगद सहयोग गरिएको आयोजकले जनाएका छन् । यूएईमा संकलन गरेको रकममध्ये १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको हो । काठमाडौंको बौद्धमा शनिबार आयोजित एक कार्यक्रममार्फत् समाजले तामाङ समुदायका जेहेन्दार विद्यार्थी सोनाम तामाङ, परेन्द्र मोक्तान र विजयी घले सहित तीन जनालाई २०/२० हजारको दरले नगद छात्रवृत्तिसमेत प्रदान गरेको छ ।

त्यसैगरी, उर्ग्येन फेल्ग्येन लिङ गोन्पालाई ५० हजार सहयोग गरिएको छ भने नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई २०/२० हजार नगद राशिसहितको सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता तामाङ समाज यूएईका अध्यक्ष जितेन्द्र गोले तामाङले गरेका थिए । कार्यक्रममा नेकपा एमालेकी नेतृ नविना लामा, ताम्सालिङ संघर्ष समितिका डा. गणेश योञ्जन, तामाङ समाज यूएईका संस्थापक सदस्य तथा पूर्वअध्यक्षहरु राम मोक्तान, महेश मोक्तान लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : ४० बजे

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो

कांग्रेसले पनि गराउन थाल्यो विघटित संसद्का सदस्यलाई हस्ताक्षर

काठमाडौँ- नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन सुरु

प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिँदै

काठमाडौं – आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न

सहिदलखन गाउँपालिकामा सोमबार सार्वजनिक बिदा

गोरखा- जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल