युरोकपको खेल तालिका सार्वजनिक, इटली र स्पेन एकै समूहमा « Khabarhub

युरोकपको खेल तालिका सार्वजनिक, इटली र स्पेन एकै समूहमा


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीमा हुने युरोकप २०२४ को समूह विभाजनसहित खेल तालिका सार्वजनिक भएको छ । कूल २४ टिमले प्रतिस्पर्धा गर्ने युरोकपमा सहभागीलाई ६ समूहमा विभाजन गरिएको छ ।

यूरोपियन फुटबल संघले सार्वजनिक गरेको समूह विभाजनमा साविक विजेता इटली र स्पेन एकै समूहमा परेका छन् । इटली र स्पेनसहित क्रोएसिया र अल्बानिया समूह ‘बी’ मा छन् ।

इटली सन् २०२० को युरोकप विजेता राष्ट्र हो । उसले फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीसुटआउटमा हराएर उपाधि जितेको थियो ।
आयोजक जर्मनी समूह ‘ए’ मा छ । यस समूहमा स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड पनि छन् । यस्तै समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्याण्ड छन् ।

फ्रान्स, नेदरल्याण्ड्स र अष्ट्रिया समूह ‘डी’ मा छन् । यस समूहको अर्को टिमको टुङ्गो प्लेअफ खेलपछि हुनेछ । प्लेअफ ‘ए’ को विजेता यस समूहमा पर्नेछन् ।

यस्तै समूह ‘ई’ मा बेल्जियम, रोमानिया र स्लोभाकिया छन् भने प्लेअफ ‘बी’ को विजेता यस समूहमा पर्नेछ । यसैगरी समूह ‘एफ’मा टर्की, पोर्चुगल र चेक रिपब्लिक छन् भने प्लेअफ ‘सी’ को विजेता यस समूहमा पर्नेछ ।

युरोकप २०२४ को उद्घाटन खेल जुन १४ मा घरेलु टोली जर्मनी र स्कटल्याण्ड भिड्ने छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका