एरिकको गोलमा इलाममाथि बुटवलको जित « Khabarhub

एरिकको गोलमा इलाममाथि बुटवलको जित


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा एफसी बुटवल लुम्बिनीले पहिलो जित दर्ता गराएको छ । आज दशरथ रंगशालामा लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले हराएको हो ।

लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे । इलामका अब्दुलाये बाले एक गोल फर्काएका थिए ।  खेलको अन्तिम समयमा कप्तान समेत रहेका एरिकले फ्रि–किकमा उत्कृष्ट गोल गर्दै बुटवललाई जित दिलाएका हुन् ।

खेलमा अग्रता बुटवलले ४८ औं मिनेटमा बियोङको गोलमा लिएको थियो तर, खेलको ७९ औं मिनेटमा अब्दुलाये बाले गोल गर्दै इलामलाई खेल फर्काएका थिए ।

जित सहित लुम्बिनीले ३ अंक जोडेको छ । इलामको समेत तालिकामा समान ३ अंक छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : १३ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका