भारतमा २ केजी हेरोइनसहित पाकिस्तानी ड्रोन फेला « Khabarhub

भारतमा २ केजी हेरोइनसहित पाकिस्तानी ड्रोन फेला


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- पाकिस्तानी भूमिबाट ड्रोनमार्फत् भारततर्फ अवैध लागूऔषधको तस्करी अझै नियन्त्रणमा आउन सकेको छैन । हालैमात्र भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले पाकिस्तानी भूमिबाट अवैध लागूऔषध हेरोइनसहित चीनमा निर्मित ड्रोन बरामद गरेको छ ।

भारतको पञ्जाब प्रान्तस्थित फिरोजपुर जिल्लास्थित पाकिस्तानी सीमानजिकै सुरक्षाकर्मीले उक्त ड्रोन बरामद गरेका हुन् । रानापञ्ज ग्रेन क्षेत्रमा खोजी अभियानपछि उक्त ड्रोन बरामद गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त ड्रोनमा करिब २ केजी अवैध लागूऔषध हेरोइन रहेको जनाइएको छ ।

विशेष सूचनाका आधारमा खोजी गर्दा उक्त परिमाणको लागूऔषधसहित ड्रोन फेला परेको एएनआईले जनाएको छ । उक्त ड्रोन चीनमा निर्मित डीजेआई म्याट्रिय ३००० आरटीके रहेको बीएसएफले जनाएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ४९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।