मंसिरभित्र अस्थायी टहरा बनाइसक्नु : मन्त्री शर्मा « Khabarhub

मंसिरभित्र अस्थायी टहरा बनाइसक्नु : मन्त्री शर्मा


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंसिर महिनाभित्र भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाइसक्न आग्रह गरेकी छन् ।

नलगाड नगरपालिकामा आज  जनप्रतिनिधि र कर्मचारी सङ्ग छलफल गर्दै मन्त्री शर्माले पुसदेखि चिसो बढ्ने भएकाले मंसिर महिनाभित्र नै अस्थायी टहरा निर्माणको काम पूरा गर्न आग्रह गरेकी हुन् ।

भूकम्पबाट जाजरकोटको नलगाड नगरपालिकामा सबैभन्दा बढी जनधनको क्षति भएको थियो । अस्थायी टहरा निर्माणका लागि प्रति परिवार ५० हजार रकम निकासा गर्ने निर्णय गरेको लामो समय हुँदा पनि उल्लेख्य प्रगति नभएकाले गत मन्त्रीपरिषद् बैठकबाट जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाकर्मी परिचालन गर्ने नीति पारित गरिएको उनले बताइन् ।

टहरा सकेसम्म सुरक्षित बनाउनुपर्ने तर जनताले स्थानीय सामग्री प्रयोग गरेर आफ्नो आवश्यकताका आधारमा बनाउने घरका लागि पनि अनुदान दिने गरी नीति पारित भएको उनको भनाई छ ।

मन्त्री शर्माले विभिन्न दलहरूले टहरा निर्माणमा स्वयंसेवक परिचालन गर्नु राम्रो भए पनि निर्माणका काममा दक्ष जनशक्ति आवश्यकता पर्ने भएकाले स्वयंसेवक परिचालन गर्दा यसमा ख्याल गर्न सुझाव दिइन् ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : १४ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने