सुरुवाती तीन दिनमा ठूलो व्यापार गर्ने हिन्दी फिल्म « Khabarhub

सुरुवाती तीन दिनमा ठूलो व्यापार गर्ने हिन्दी फिल्म


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड ‘स्टार’ कलाकारका लागि यो वर्ष सुखद रह्यो । यो वर्षको अन्तिम महिनासम्म स्टारहरुकै फिल्मले ‘बक्स अफिसमा राम्रो गरे । शाहरुख खान र सलमान खान जस्ता स्टारका फिल्मले पनि यो वर्ष राम्रो व्यापार गरे ।

डिसेम्बर १ बाट प्रदर्शनमा आएको रणवीरको फिल्म ‘एनिमल’ ठूलो रकममा व्यापार गर्ने फिल्ममा समावेश भएको छ । यद्यपि यो फिल्म हलमा लागेको चार दिन मात्रै भयो । सुरुवाती तीन दिनमै यो फिल्म ‘दुई सय करोड क्लबमा प्रवेश गरेको छ ।

यो वर्ष राम्रो व्यापार गर्ने फिल्महरू:
आदिपुरुष
यो वर्षको सर्वाधिक व्यापार गर्ने फिल्म आदिपुरुष हो । प्रभासको मुख्य अभिनय रहेको यो फिल्मले सुरुवाती तीन दिनमा २२१ करोड भारुको व्यापार गरेको थियो । यस फिल्मका निर्देशक ओम राउत हुन् । 

जवान र पठान
शाहरुख खानका यस वर्ष प्रदर्शनमा आएको दुवै चलचित्र सुपर हिट बनेका छन् । जवानले पहिलो तीन २०६ करोड भारु भन्दा बढीको व्यापार गरेको थियो । त्यस्तै, पठानले यस अवधिमा १६६ करोडको व्यापार गरेको थियो । 

टाइगर–३
दिपावलीलाई लक्षित गरी प्रदर्शनमा आएको टाइगर ३ ले दर्शकको राम्रो समर्थन पाएको थियो । सलमान खानको मुख्य भूमिका रहेको यस चलचित्रले तीन दिनमा १४८ करोड भारुको व्यापार गरेको थियो ।

गदर–२
सनी देओलको फिल्म गदर–२ पाँच सय करोड क्लबमा प्रवेश गरेको फिल्म हो । अनिल शर्माको निर्देशनमा बनेको यस फिल्मले सुरुवाती तीन दिनमा १३४ करोडको व्यापार गरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : ५५ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार