सुरुवाती तीन दिनमा ठूलो व्यापार गर्ने हिन्दी फिल्म | Khabarhub Khabarhub

सुरुवाती तीन दिनमा ठूलो व्यापार गर्ने हिन्दी फिल्म


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड ‘स्टार’ कलाकारका लागि यो वर्ष सुखद रह्यो । यो वर्षको अन्तिम महिनासम्म स्टारहरुकै फिल्मले ‘बक्स अफिसमा राम्रो गरे । शाहरुख खान र सलमान खान जस्ता स्टारका फिल्मले पनि यो वर्ष राम्रो व्यापार गरे ।

डिसेम्बर १ बाट प्रदर्शनमा आएको रणवीरको फिल्म ‘एनिमल’ ठूलो रकममा व्यापार गर्ने फिल्ममा समावेश भएको छ । यद्यपि यो फिल्म हलमा लागेको चार दिन मात्रै भयो । सुरुवाती तीन दिनमै यो फिल्म ‘दुई सय करोड क्लबमा प्रवेश गरेको छ ।

यो वर्ष राम्रो व्यापार गर्ने फिल्महरू:
आदिपुरुष
यो वर्षको सर्वाधिक व्यापार गर्ने फिल्म आदिपुरुष हो । प्रभासको मुख्य अभिनय रहेको यो फिल्मले सुरुवाती तीन दिनमा २२१ करोड भारुको व्यापार गरेको थियो । यस फिल्मका निर्देशक ओम राउत हुन् । 

जवान र पठान
शाहरुख खानका यस वर्ष प्रदर्शनमा आएको दुवै चलचित्र सुपर हिट बनेका छन् । जवानले पहिलो तीन २०६ करोड भारु भन्दा बढीको व्यापार गरेको थियो । त्यस्तै, पठानले यस अवधिमा १६६ करोडको व्यापार गरेको थियो । 

टाइगर–३
दिपावलीलाई लक्षित गरी प्रदर्शनमा आएको टाइगर ३ ले दर्शकको राम्रो समर्थन पाएको थियो । सलमान खानको मुख्य भूमिका रहेको यस चलचित्रले तीन दिनमा १४८ करोड भारुको व्यापार गरेको थियो ।

गदर–२
सनी देओलको फिल्म गदर–२ पाँच सय करोड क्लबमा प्रवेश गरेको फिल्म हो । अनिल शर्माको निर्देशनमा बनेको यस फिल्मले सुरुवाती तीन दिनमा १३४ करोडको व्यापार गरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : ५५ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले