श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ « Khabarhub

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

धादिङ– धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या अभियोगमा प्रहरीले धादिङको धुनीबेँसी नगरपालिका-४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको छ।

धुनीबेँसी नगरपालिका-१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते बयलकोटीले हत्या गरेका थिए। हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ।

घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको शव घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक र रक्ताम्मे अवस्थामा भेटिएको थियो। बयलकोटी र मृतक पवित्राबीच करिब ६ वर्षअघि विवाह भएको थियो। 

विवाहपश्चात् लामो समय वैदेशिक रोजगारीमा रहेका बयलकोटी दम्पतीबीच त्यति वेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : २१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना