हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ३४ हजारभन्दा धेरै आवेदन « Khabarhub

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ३४ हजारभन्दा धेरै आवेदन


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा ३४ हजार २०६ जनाले आवेदन दिएका छन् ।

सोमबार साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन दिएको सिडिएस जनाएको छ । यो माग भन्दा १.५२ गुणा बढी आवेदन हो ।

हिमालयन रि इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पहिलो चरणमा आइपीओ निष्कासन गरेको थियो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निष्काशन खुलाएको थियो ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ०६ बजे

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप