कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त « Khabarhub

कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको झगडा अब भने समाप्त भएको छ । नेटफ्लिक्सको अपकमिङ शोमा दुबै जनासँगै देखिदैंछन् । यी दुई आफ्नो पुरानो टिमसँग पुनः साथसाथ नयाँ शोमा आउन लागेका हुन् ।

दुबैका फ्यानहरूका लागि यो निकै खुसीको खबर हो । गएको ६ वर्षदेखि यी दुईबिच झगडा चलिरहेको थियो । दुवैले कपिल शर्मा शोमा सँगै काम गरेका थिए । तर एउटा झगडाका कारण दुवैको सम्बन्ध बिग्रिएको थियो ।

नेटफ्लिक्सले यो खबरलाई औपचारिक रुपमा शेयर गरेको छ । एउटा भिडियोमा कपिलको साथमा सुनिल देखिएका छन् । भिडियोको शुरुआतमा दुवैले फरक अन्दाजमा इन्ट्रोडोक्शन दिएका छन् । फ्यानहरूलाई नयाँ प्रोजेक्ट आउन लागेको सन्देश दिएका छन् । कुराकानी गर्ने क्रममा हामी १९० भन्दा धेरै देशमा आउने वाला छौं भनेर कपिलले भनेका छन् ।

त्यसको उत्तरमा सुनिलले चाँहि हामी अस्ट्रेलिया जाँदैनौ भन्छन् । तर कपिलले होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन् भन्छन् । यो सुनेर सुनिलले एउटा शर्त राख्छन्, हवाईजहाजबाट होइन, सडक भएर जाने । शोमा यी दुईको साथमा राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन् ।

स्रोत: एएनआई

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ४३ बजे

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१