प्रतिबन्धित आस्था मानेको भन्दै चीनमा वृद्ध दम्पत्तिलाई जेल « Khabarhub

प्रतिबन्धित आस्था मानेको भन्दै चीनमा वृद्ध दम्पत्तिलाई जेल


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा प्रतिबन्धित आस्था मानेको भन्दै एक वृद्ध दम्पत्तिलाई जेल सजाय सुनाइएको छ । चीनको हेनान प्रान्तको लुयोयाङ क्षेत्रमा प्रतिबन्धित फालुन गोङ आस्था मानेको आरोपमा श्रीमानलाई ४ र श्रीमतीलाई ५ वर्षको जेल सजाय सुनाइएको हो ।

सन् १९६४ मा जन्मेका ली शुलिनलाई फालुन गोङ आस्था मानेको आरोपमा यसअघि प्रहरीले तीन पटक पक्राउ गरिसकेको थियो । उनलाई पुनर्शिक्षा केन्द्रमा लगेर कुटपिट एवम् यातना दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ली शुलिनसँगै उनकी श्रीमती वाङ लिजुआनलाई प्रहरीले गत जनवरीमा पक्राउ गरेको थियो । नयाँ वर्षको समयमा फालुन गोङको प्रचार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र प्रहरीले उनीहरुको घरबाट पैसा, व्यक्तिगत सरसामान र किताबहरु जफत गरेको बताइएको छ ।

पछि रिहा गरिएपनि उनीहरु मार्चमा फेरि बेपत्ता भएका थिए । उनीहरुलाई सजाय सुनाइएको बारे गत नाभेम्बरमा मात्रै आफन्तहरुलाई जानकारी दिइएको थियो ।

पछिल्लो समय चीनमा मुसलमान, इसाई, फालुन गोङजस्ता आस्था मान्नेहरुमाथि चरम दमन भइरहेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १२ : ५४ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको