पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा | Khabarhub Khabarhub

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । 

कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौँ पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा-हेना-सुनामी जेभीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १२ : ४१ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको