पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क « Khabarhub

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ ।

मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका लागि राइबोसिक्लिवलेट्रोजोल ट्याब्लेट निःशुल्क उपलब्ध गराइने अङ्कोलोजिष्ट डा अरुण शाहीले जानकारी दिए।  

डा शाहीका अनुसार निःशुल्क वितरण गरिने औषधि मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै सहज र प्रभावकारी हुन्छ । उनले भने, ‘अमेरिकामा पहिलो रोजाइमा पर्ने यो औषधि विश्वस्तरीय ब्राण्ड हो र यसले युएसएफडए मान्यता समेत पाएको छ ।’

म्याक्सले पाटनमा वितरण गरेका अरु क्यान्सरका औषधि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पनि निःशुल्क उपलब्ध हुने गरेपनि पछिल्लो पटक आएको स्तन क्यान्सरको यो औषधि पाटन अस्पतालबाट मात्र निःशुल्क वितरण हुने गरेको छ । 

डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च रु एक लाखभन्दा बढी पर्छ । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : ५२ बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन