एनसेलको खरिदबिक्री छानबिन गर्न सत्ता गठबन्धन सहमत « Khabarhub

एनसेलको खरिदबिक्री छानबिन गर्न सत्ता गठबन्धन सहमत


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठकमा एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद भएको भन्दै छानबिन गर्ने सहमति भएको हो छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बेलुका बसेको गठबन्धनको बैठकमा एनसेलको खरिदबिक्री अस्वभाविक भएको भन्दै छानबिन गर्ने सहमति भएको हो ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कानुन अनुसार सरकारी स्वीकृति लिएर कम्पनी खरिदबिक्री गर्नुपर्ने भएपनि त्यो नभएको कुरामा दलहरु एकमत भएको जानकारी दिए । बैठकले एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने सहमती भएको उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक