नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता | Khabarhub Khabarhub

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच आयात निर्यात व्यापार सम्बन्धी सम्झौता भएको छ ।

व्यापार वृद्धिमा सहयोग पुर्‍याउन उदेश्यका साथ नेपाल बैंक लिमिटेडले ‘इएक्सआइएम बैंक इन्डियासँग ‘ट्रेड ऐसीस्टेन प्रोग्राम’ अन्तर्गत सम्झौता गरेको हो ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो। नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकको व्यापक छलफलपछि हस्ताक्षर भएको हो।

दुई संस्थाबीच सम्पन्न हस्ताक्षर कार्यक्रममा बैंककी कामु प्रमुख कार्यकारी अधिकृत समता पन्तले भनिन्, ‘हामी एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं। आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरिनेछ।’

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ११ : १९ बजे

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा– ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित

भोजपुर– समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना

पुष्प व्यवसाय : आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत