एनएसएल फुटबल : आज इलाम र पोखरा भिड्ने « Khabarhub

एनएसएल फुटबल : आज इलाम र पोखरा भिड्ने


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । जारी लिगमा ३ खेलबाट अपराजित रहँदै पोखरा ५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । यस्तै ३ अङ्क रहेको इलाम छैटौँ स्थानमा छ ।

यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो ।

यस्तै, इलामले काठमाडौँ र बुटवलसँग हार बेहोरेको थियो भने झापालाई पराजित गरेको थियो ।

नौ टोली सहभागि लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहेको छ । ललितपुर ६ अंकका साथ दोस्रो तथा काठमाडौँ रेजर्स तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : २१ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट