इलामलाई हराएको पोखरा लिगको शीर्ष स्थानमा « Khabarhub

इलामलाई हराएको पोखरा लिगको शीर्ष स्थानमा


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई १-० गोल अन्तरले हराएको छ । इलाममाथि जित निकालेको पोखरा लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराका सञ्जीव विष्टले गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्की प्लेयर आयुष घलानको प्रहार इलामका खेलाडीले क्लियर गर्न नसक्दा सञ्जीवले बल पाएका थिए, जसमा उनले वान टच गोल गरे ।

बाँकी अवधिमा भने दुबै टोलीले प्रयास गरेपनि गोल हुन सकेन र पोखरा विजयी भयो ।

यो जितसँगै पोखरा थन्डर्स ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्पोर्टिङ इलाम भने ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ३० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार